• गृहपृष्ठ
  • म्यानचेस्टर युनाइटेडसँग चेल्सी पराजित

म्यानचेस्टर युनाइटेडसँग चेल्सी पराजित

Feb 18th, 2020

काठमाडौँ, ६ फागुन

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले चेल्सीलाई पराजित गरेको छ। सोमबारराति भएको खेलमा म्यान्चेष्टर युनाइटेडले चेल्सीलाई २-० ले पराजित गरेको हो।

युनाइटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी म्यागुएरेले १/१ गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै मार्टियलले युनाइटेडलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा म्यागुएर्ले हेडमार्फत गोल गर्दै युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । तयसपछि कुनै गोल हुन सकेन र युनाइटेडले जित निकालेको हो ।

जितपछि २६ खेलबाट ३८ अंक जोडेको म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा पुगेको छ । पराजित भएको चेल्सी ४१ अंकसहित चौथो स्थानमा छ ।