• गृहपृष्ठ
  • अब आउने निर्वाचनमा काङ्ग्रेस नेकपा पछिको शक्ति राप्रपा : कमल थापा

अब आउने निर्वाचनमा काङ्ग्रेस नेकपा पछिको शक्ति राप्रपा : कमल थापा

Feb 17th, 2020

स्याङ्जा,५ फागुन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउदो निर्वाचन सम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् ।

आज स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिडेको स्पष्ट पारे । राजसंस्थालाई बिकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्नोस भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे ।

राजा सहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अबलम्बन गरेको मार्गचित्र बिकास, समृद्धि , प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो ।

युबा अबस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आयर एक बर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जा सङ्ग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ , तोरण बहादुर गुरुङ , मदन कार्की, भुमिजङ्ग केसि लगायतले बोलेका थिए ।