• गृहपृष्ठ
  • आरएमडीसीद्वारा आशा किरण केन्द्रलाई सहयोग

आरएमडीसीद्वारा आशा किरण केन्द्रलाई सहयोग

Feb 17th, 2020

काठमाडौ, फागुुन ५

आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालका लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आईरहेकोे छ ।

संस्थाले पर्सा जिल्ला, बिरगंज १४ स्थित सुुुस्त मनस्थिति, अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, बौद्धिक अशक्तता भएका बालबालिकाहरुलाई हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ सहयोग गरेको छ ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले उक्त आशा किरण केन्द्रका अध्यक्ष सुनिल कुमार गुप्तालाई आरएमडीसीको मुख्य कार्यालय पुतलिसडकमा एक लाखको चेक हस्तान्तरण गरेका हुुन । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रवन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रुप बहादुर खड्का, प्रवन्धक द्वय अनिल कृष्ण जोशी, ज्ञानु माया भण्डारीको उपस्थिति रहेको थियो । उक्त अवसरमा आशा किरण केन्द्रका अध्यक्ष गुप्ताले यस प्रकारको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत तथा हौसला मिलेकोमा खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका थिए ।