नेप्से ३४ अंकले बढ्दा सबै सुचक हरियो

Feb 17th, 2020

काठमाडौं, फागुुन ५

नेप्से आज सोमबार ३४ दसमलव २६ अंकले बढेर १३ सय ९८ दसमलव २४ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आठ दसममलव चार अंकले बढेर दुुई सय ९३ दसमलव ८६ अंकमा पुुगेको छ । एक सय ७५ कम्पनीहरुको २४ हजार आठ सय पाँच वटा कारोवारमा ६४ लाख ७४ हजार सात सय ५० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार चार सय ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव १३ अंकले बढेर ११ सय ९१ दसमलव चार अंकमा पुुगेको छ । बिकास बैक समुहको सुचक पनि २० दसमलव ९४ अंकले बढेर १८ सय ५१ दसमलव ५२ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पञ्चकन्या माई हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने आज शिवम सिमेन्ट परेको छ ।