भरुवा बन्दुक र बदेलको मासु बरामद

Feb 17th, 2020

कैलाली, ५ फागुन

गौरीगंगा नगरपालिका-६ दैधबारी बारवन साझेदारी सामुदायिक वनबाट प्रहरीले एकनाल भरुवा बन्दुक र बदेलको मासु आइतबार बिहान बरामद गरेको छ ।

उक्त ठाउँमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त मासु र भरुवा बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।