• गृहपृष्ठ
  • अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित पक्राउ

Feb 17th, 2020

सिरहा, ५ फागुन

गोलबजार नगरपालिका-७ चोहर्वाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सानो पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीसँगै रहेका महतोलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।