• गृहपृष्ठ
  • आइतबार बढेको सुनको मूल्य आज स्थिर,चाँदीमा वृद्धि

आइतबार बढेको सुनको मूल्य आज स्थिर,चाँदीमा वृद्धि

Feb 17th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,फागुन ५

साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० तोकेको छ ।

महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । आइतबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।