रियल मड्रिड बराबरीमा रोकियो

Feb 17th, 2020

काठमाडौं,फागुन ५

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा रियल मड्रिडकोलागि टोनी क्रुस र सर्जियो रामोसले एक एक गोल गरे भने सेल्टा डी भिगोकोलागि स्मोलोभ र मिना लोरेन्जोले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सेल्टाले नै लिएको थियो। खेलको सातौं मिनेटमा स्मोलोभले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर टोनी क्रुसले ५२ औं मिनेटमा रियलका लागि बराबरी गोल गरे ।

त्यसपछि ६५ औ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियलाई पुनः अग्रता दिलाए। खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै बराबरीमा ल्याए ।

तयसपछि कुनै गोल हुन सकेन र खेल २-२ को बराबरीमा रोकियो।

बराबरीमा रोकिएसंगै रियल मड्रिडले स्पेनिस ला लिगामा दोस्रो स्थानको बार्सिलोनासंग  ३ अंकको अग्रता कायमै राख्ने अवसर गुमाएको छ।

बराबरी सँगै शीर्ष स्थानको रियलले २३ खेलबाट ५३ अंक जोडेको छ । रियलले दोश्रो स्थानमा रहेको बार्सिलोनमाथि १ अंकको अग्रता बनाएको छ । समान  खेल खेलेको बार्सिलोनाको ५२ अंक रहेको छ ।