• गृहपृष्ठ
  • सूर्य लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी

सूर्य लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी

Feb 16th, 2020

काठमाडौ, फागुुन ४

गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल ¥याडिशनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकीहुन् । उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडी आरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने,“जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्ने मलाई लाग्छ ।”

कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । ’उहाँको प्रभाव ग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवन बीमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिननिकै महत्वपूर्ण छ ।’ उनले भने । यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन, ’म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’ ब्राण्ड एम्बेसडर बनेसँगै जीवन बीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।