साताको पहिलो दिन बढ्यो सुनको मूल्य

Feb 16th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,फागुन ४

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । शुक्रबार तोलामा ७६ हजार मा कारोबार भएको सुनको मूल्य आज बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको
छ । 

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० तोकेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० मा कारोबार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८८५ तोकेको छ । शुक्रबार चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको थियो ।