• गृहपृष्ठ
  • इन्द्रेणीका कृष्ण कँडेललाई कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार

इन्द्रेणीका कृष्ण कँडेललाई कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार

Feb 16th, 2020

काठमाडौं, फागुन ४

कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौँदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कृष्ण कँडेललाई प्रदान गरिने भएको छ

कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार देश तथा विदेशमा बसी नेपाली लोकसाहित्यमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई प्रदान गर्ने गरिएको छ ।

रू एक लाख एक हजार राशीसहित ताम्रपत्रद्वारा हरेक वर्ष पुरस्कृत गरिने यस पुरस्कार गत वर्ष शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

यस वर्षको पुरस्कार प्रतिष्ठानकै कार्यालय भवन फलेवास पर्वतबाट यही मिति २०७६ फागुन ६ गते वितरण गरिने कुरा अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले बताए ।

नेपाली लोकसाहित्यका अनुसन्धानदाता कालीभक्त पन्तका नाममा स्थापित उक्त पुरस्कारका योजनाकार अमेरिका बोस्टन निवासी महेश्वर पन्त हुन् भने उहाँ लगायत गोविन्द पन्त तथा ऊर्मिला पन्तस पर्मेश्वर पन्तस अन्जु पन्त रावल एवं परिवार यस पुरस्कारका संस्थापक रहेका छन् ।

प्रतिष्ठानले पुरस्कार वितरणका दिन उपस्थिती जनाई नेपाली लोकसाहित्यमा जीवनपर्यन्त लागि परेका लोकसाहित्यका अनुसन्धानदाता कालीभक्त पन्तप्रति सम्मान तथा श्रद्धाका लागि पनि आह्वान गरेको छ ।