• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

Feb 16th, 2020

आधारभूमी संवाददाता
ललितपुर , ४ फागुन

ललितपुरको गोदावरी नगरपालिका-१ सातथलि बाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई नगद ३५ हजार ४० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराज कार्की ,गौतम कार्की , रुपक कार्की र प्रताप लामा परेका छन् ।

निजहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाईने महानगरिय प्रहरी प्रभाग प्रमुख सातदोबाटोका मित्र बन्दु शर्माले बताएका छन् । उनिहरुलाई पक्राउ गर्न महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख धिरेन्द्र थपलियाको ससक्त टोलि सफल भएका थिए ।

जुवा तास खेल्ने खेलाउने ब्यापक जन गुनासो आएकोले पक्राउ गरेकाे थपलियाले बताए ।