• गृहपृष्ठ
  • वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मानेकाे गाेलमा लिभरपुलकाे जित

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मानेकाे गाेलमा लिभरपुलकाे जित

Feb 16th, 2020

काठमाडौँ, ४ फागुन

लिभरपुलले इन्ग्लिश प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लिग अन्तर्गत शनिबार
राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा मानेले ७८ औं मिनेटमा निर्णायक गोल गरे । माने वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका थिए । मानेले कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गर्दै साे गोल गरेका हुन्। अब लिभरपुलले प्रिमियर लिगमा १२ खेलमा मात्रै पाँच खेलमा जित निकाले उपाधि जित्ने छ ।

जितसँगै लिभरपुल उपाधि यात्रामा अगाडी बढेको छ ।  लिभरपुलले २६ खेलबाट ७६ अंक बनाएको छ । जारी लिगमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २५ अंकले अगाडि रहेको छ। एक खेल कम खेलको म्यानचेस्टर सिटीको २५ खेलबाट ५१ अंक रहेको छ । पराजित भएको नर्विच २६ खेलबाट १८ अंक छ ।