बार्सिलोनाको संघर्षपूर्ण जित

Feb 16th, 2020

काठमाडौँ, ४ फागुन

बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपूर्ण जीत निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जीत निकालेको हो ।
बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग लिग अंकको बराबरी गरेको छ।

बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । बार्साको जितमा दुबै गोल खेलको पहिलो हाफमा भएको थियो।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो। खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। ३९ औं मिनेटमा सेर्गी रोबर्टोले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ गोलको अग्रता दिलाए ।

यसैगरी ६६ औं मिनेटमा रोड्रिगेजले गेटाफेका लागि एक गोल फर्काए। त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितपछि बार्सिलोना लिगको दोश्रो स्थानमा रहेको छ। बार्सिलोनाले २४ खेलबाट ५२ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ५२ अंक छ र लिगको शीर्ष स्थानमा छ ।