• गृहपृष्ठ
  • मिसेस एण्ड मिस गुरुङ २०२० बन्न सफल भए चिनीमाया गुरुङ र सुस्मिता गुरुङ

मिसेस एण्ड मिस गुरुङ २०२० बन्न सफल भए चिनीमाया गुरुङ र सुस्मिता गुरुङ

Feb 15th, 2020

काठमाडौ, फागुुन ३

मिसेस एण्ड मिस गुरुङ २०२० को ताज पहिरहन सफल भएकाछन । मिसेस चिनीमाया गुरुङ र मिस सुस्मिता गुरुङ । त्यसैगरी मिसेस गुरुङ तर्फ फस्र्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिला देबी गुरुङ, थर्ड रनरअप प्रेम कुमारी गुरुङ, अर्गनाइजर च्वाईस बिमाया गुरुङ र होममाया गुरुङ, भिउर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् भने मिस गुरुङ तर्फ फस्र्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भिउर्स च्वाइस सुस्मिता गुरुङ भएका छन् । बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।

प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगिता बिगत २ बर्ष देखि एस।के। इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, केशब थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एबम रहन सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणीरव्यवसायिक महिला दिदि(बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस एण्ड मिस गुरुङ २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराईएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन ियस सौन्दर्य प्रतियोगीताले बिबाहित गुरुङ नारि, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन । प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।