• गृहपृष्ठ
  • राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी बनाउछौ, अध्यक्ष थापा

राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी बनाउछौ, अध्यक्ष थापा

Feb 15th, 2020

काठमाडौं, फागुुन ३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पुर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिएकाछन । काठमाडौं ५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौं ५ लाई संगठनको दृष्टिकोणले मुलुककै नमुना क्षेत्र बनाउन आग्रह गरे । हामीले तातै खाऔ भनेर अलि हतार गरयौं, सरकारमा गएको आलोचना भयो, जनताले मन पराएनन, बिगतको गल्ती, त्रुुटी कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी निर्माण गर्ने थापाले प्रतिबद्धता जनाए ।

काँग्रेस, कम्युनिष्टले पटक पटक अबसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै थापाले काग्रेस कम्युनिष्टको बिकल्पकोरुपमा राप्रपालाई स्थापित गराउनुपर्ने आबश्यकता औंल्याए । मुलुकको धरातलिय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, बिचार र मार्गचित्र मुलुकको निमित्त उपयुक्त भएको थापाको जिकिर थियो । कार्यक्रममा पार्टीका कार्य सम्पादन समितिका सदस्य जयकुमार खड्का, केन्द्रीय सदस्य केशब रेग्मी, सुनिता कुरुङ्वाङ, प्रबल नरसिह राणा, सन्तोष अधिकारी , सुरज अधिकारी र तेज बहादुर गुरुङ लगायतले बोलेका थिए ।