• गृहपृष्ठ
  • महिला सहयात्रा लघुवित्तले सम्पन्न गर्यो २ दिने कर्मचारी पुनर्ताजगी तालिम

महिला सहयात्रा लघुवित्तले सम्पन्न गर्यो २ दिने कर्मचारी पुनर्ताजगी तालिम

Feb 15th, 2020

काठमाडौ, फागुुन ३

मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर २ र ३ कासहायक स्तरका कर्मचारीहरुको सहभागितामा मिति २०७६ फागुन १ देखि २ गते सम्म “कर्मचारी पुनर्ताजगी तालिम” हेटौडामा सम्पन्न गरेको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फतसहभागि कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिनुभएको थियो ।

तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैंकिङ सम्बन्धि तालिम दिइएको छ । यस तालिममा केन्द्रीय कार्यालयका बित्त विभाग प्रमुख सरीता श्रेष्ठ, जनशक्ति विभाग प्रमुख कमल कुमार काफ्ले, कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा, आइटी विभागका संजिव मानन्धरले सिकाउनु भएको थियो । सोही क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको बिभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको ब्यबस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको बिस्तार गरि आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिएको थियो ।

रु १२ करोड १० लाख चुक्ता पुंजी रहेको यस महिला सहयात्राले दुर्गम तथा बिकट बैंकिङ पहुंच नपुगेको स्थानहरुमा ३४ वटा शाखा मार्फत ३५,००० सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वचत, कर्जा, रेमिटान्स, लघुबिमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ भने यस संस्थाले ३७ करोड वचत संकलन गरी १ अर्ब ३६ करोड कर्जा लगानीमा रही रहेको छ ।