• गृहपृष्ठ
  • परराष्ट्रमन्त्री सोमबार बङ्गलादेश भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री सोमबार बङ्गलादेश भ्रमणमा जाँदै

Feb 14th, 2020

काठमाडौँ, २ फागुन (रासस)

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आगामी सोमबार ढाकातर्फ प्रस्थान गर्नुहुने भएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव र उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकृतहरु रहनुहुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने छ । मन्त्री ज्ञवालीले बङ्गलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बङ्गलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा प्रवचन दिनुहुनेछ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ ।