• गृहपृष्ठ
  • प्रधानमन्त्रीले संसद्मा शनिबार सम्बोधन गर्ने

प्रधानमन्त्रीले संसद्मा शनिबार सम्बोधन गर्ने

Feb 14th, 2020

काठमाडौँ, २ फागुन (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिनुभयो ।