• गृहपृष्ठ
  • नेपाल रेमिटको नेपाल भर एउटै दर योजना सुरु

नेपाल रेमिटको नेपाल भर एउटै दर योजना सुरु

Feb 14th, 2020

काठमाडौ, फागुुन २

विगत १५ वर्ष देखी देश विदेशमा उच्च गुणस्तरीय रेमिटेन्स सेवा दिँदै आएको नेपाल रेमिटले लोकल रेमिटेन्स सेवाको सुरुवात गरे सँगैं नेपाल भर एउटै दर भन्ने नयाँ अफर पनि सुरु गरेको छ । यस अन्र्तगत अन्तर्गत ग्राहकवर्गले नेपालको कुनै पनि ठाउँबाट अर्को ठाउँमा एउटै दरमा पैसा पठाउन सक्नेछन । यस भन्दा पहिलो कुनै पनि रेमिटेन्स बाट पैसा पठाउँदा एउटै जिल्ला भित्र बाहेक अर्को जिल्लामा पैसा पठाउँदा फरकफरक शुुल्क तिर्नुपर्दथ्यो ।

अझै पनि नेपाल रेमिट बाहेक अन्य रेमिटेन्स कम्पनीहरुले अन्तर जिल्ला र एउटै जिल्लामा पैसा पठाउँदा फरक फरक शुल्क लिने गरेका छन । यसको साथै अन्य रेमिटेन्सको तुलनामा नेपाल रेमिटले न्यून शुल्कमै लोकल रेमिटेन्स सेवा उपलब्ध गराउँदै आइरहेको छ । नेपाल रेमिटको देशभर छरिएर रहेको ८००० भन्दा बढी कुनै पनि एजेन्टको अफिसबाट सबैले यो अफरको फाइदा उठाउन सक्ने जानकारी दिँदै आउने दिनहरूमा रेमिटेन्स सेवालाई सस्तो, सरल, सहज र सुरक्षित बनाउने नेपाल रेमिटको योजना रहेको नेपाल रेमिटले बताएको छ ।