सुनको मूल्य स्थिर

Feb 14th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,फागुन २


बिहिबार प्रतितोला रु ३०० ले बढेको सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० तोकेको छ ।

महासङ्घले आजको लागि चाँदीको मूल्य पनि प्रतितोला रु ८८० तोकेको छ । बुधवार चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।