• गृहपृष्ठ
  • विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२०

विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२०

Feb 14th, 2020

काठमाडौ, फागुुन २

क्यान २०२० मा यस प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट टिभीको विशेष अफर दिनेछ । यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्नेछ ।

यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र पनि हुनेछ, लक्की ड्रमा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।