हारबाट जोगियो युभेन्ट्स

Feb 14th, 2020

काठमाडौं, फागुन २

इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स कोपा ईटालियाको पहिलो लेगमा हारबाट जोगिएको छ ।

बिहिबार राति भएको सेमिफाईनलको पहिलो लेगमा युभेन्ट्स र एसी मिलानले १–१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलमा ६१ औं मिनेटमा एन्टी रबिकले गोल गर्दै घरेलु टोली एसी मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टी रबिकले स्यामुइल क्यास्टिलेजोको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो । थिएगो हर्नाल्डेज ७१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मिलान १० खेलाडीमा सिमित बनेको थियो ।

त्यसपछि युभेन्टसले अतिरिक्त समयको पहिलो मिनेटमा प्राप्त पेनाल्टीबाट बराबरी गोल गरेको हो। भिएआरको सहयोगमा युभेन्टसले सो पेनाल्टीको अवसर पाएको थियो। जसलाई रोनाल्डोले सदुपयोग गर्दै युभेन्ट्स हारबाट जोगिएको हो  ।

अब सेमिफाइनल खेलको दोस्रो लेग आगामी मार्च ४ मा  युभेन्ट्सको मैदानमा हुनेछ ।