• गृहपृष्ठ
  • समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता

समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता

Feb 13th, 2020

गोरखा १, फागुन (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ ।

जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा आज आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “अब समाजवादको आधार तयार पार्नुपर्ने बेला आएको छ ।”

प्रवक्ता श्रेष्ठले पुँजीवादी विरुद्धको जनवादी क्रान्ति आधारभूत रुपमा सकेको उल्लेख गर्दै समाजवदले मात्र गरिब र सर्बहारा वर्गको मुक्ति गर्नसक्ने बताउनुभयो ।

“सघर्ष पनि हामी कम्युनिष्टकै नेतृत्वमा ग¥यौ, हाम्रै नेतृत्वमा प्राप्त उपलब्धिलाई संविधानमा लेख्यौँ”, उहाँले भन्नुभयो, “अब त्यसलाई संस्थागत गर्दै फेरि क्रान्तिको नयाँ दिशातर्फ अघि बढ्न कम्युनिष्टकै नेतृत्वमा राज्य र सत्ता जरुरी र आवश्यक भएकाले त्यसका लागि पार्टी एकता अनिवार्य थियो ।”

‘कम्युनिष्ट पार्टीका कार्यकर्ता साच्चै कम्युनिष्ट बन्ने हो भने आलोचनात्मक संघर्ष गर्न, ठिकलाई ठिक भन्न, गलतलाई गलत भन्न सक्नुपर्छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “के ठिक होइन रु अब के ठिक हुन्छ रु भन्न तयार हुनुपर्छ नत्र पार्टी पार्टी बन्दैन ।” उहाँले पार्टी भित्रका गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै नेता कार्यकर्ताले गुटबन्दी र वैचारिक संघर्षलाई बुझ्न सक्नुपर्ने बताउनुभयो ।

“गुटबन्दी व्यक्तिगत स्वार्थका लागि हुन्छ, वैचारिक संघर्षले नेता कार्यकतालाई उर्जाशिल बनाउछ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “वैचारिक संघर्षले पार्टीलाई वैचारिक संघर्षको रुपान्तरणमा काम गर्छ, गुटले झुण्डको स्वार्थ मात्र पूरा गर्छ ।”