अन्तिम दिन पनि नेप्से घट्यो

Feb 13th, 2020

काठमाडौ, फागुुन १

नेप्से आज बिहिबारे एक दसमलव ३९ अंकले घटेर १३ सय ४४ दसमलव ५९ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि एक दसमलव ३२ अंकले घटेर दुुई सय ८४ दसमलव २४ अंकमा पुुगेको छ । एक सय ७२ वटा कम्पनीहरुको १७ हजार छ सय ९८ वटा कारोवारमा ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७ करोड ३८ लाख पाँच हजार सात सय ४६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा पाँच वटा समुहको सुचक घटेकाछन भने सात वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ९४ अंकले घटेर ११ सय ४४ दसमलव ७७ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक आठ दसमलव ६२ अंकले घटेर १८ सय १९ दसमलव ६७ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गणपती माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।