सुन तोलामा ३०० ले वृद्धि

Feb 13th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,फागुन १

फागुन महिनाको पहिलो दिन बिहिबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ ।

बुधबार तोलामा रु ७५ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ३०० बढेर रु ७६ हजार रुपैयाँमा कारोबार भएको छ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० तोकेको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७५ हजार ४०० मा खरिद बिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ ।  महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ ।  बुधबार चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।