• गृहपृष्ठ
  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४औं वार्षिकोत्सव सम्पन्न

Feb 13th, 2020

काठमाडौं,फागुन १

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले आइपिएस तालिममा सहभागी ‘क्धयचम इा ज्यलयगच’ विजेता प्रहरी निरीक्षक कृष्ण खड्कालाई प्रशंसाप्रत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पूर्व समादेशक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक बलेन्द्र बहादुर सिंह र तत्कालीन सदर प्रहरी तालिम केन्द्र तथा हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा लामो समयसम्म बाह्य प्रशिक्षकको रुपमा सेवा गर्नुभएका अवकाश प्राप्त प्रहरी नायब निरीक्षक मकर बहादुर गुरुङलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरुका जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्ति एवं प्रमाणपत्र प्रदान गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा(२०७६’ को लोकार्पण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले व्यावसायिक सोच र समयानुकूल शैलीकासाथ प्रशिक्षित जनशक्तिद्वारा सम्पादित कामले नै संगठनको लक्ष्य प्राप्ति हुने र तिनै प्रहरी कर्मचारी निस्स्र्वार्थ सेवाभावले संगठनको साखलाई अझ उच्च बनाउने हुँदा संगठनको आवश्यकता अनुसारको जनशक्ति उत्पादन नै प्रतिष्ठानको दूरदृष्टि हुनुपर्न बताउनुभयो । प्रशिक्षणमा प्रतिष्ठानले विशिष्ट उपलब्धीहरु हासिल गरेको चर्चा गर्दै उहाँले संख्यात्मक बढोत्तरी मात्रै होइन प्रशिक्षण गुणस्तरीय पनि हुनुपर्छ भन्नुभयो ।

परम्परागत पद्धति एवं पाठ्यक्रमको सट्टा परिवर्तन र परिमार्जनलाई आत्मसात् गर्नुको विकल्प नदेखिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका प्रशिक्षण संस्थाहरुसँगको सहकार्य, प्रभावकारी समन्वय र प्रशिक्षण कार्यक्रमहरुको आदानप्रदानको महत्वलाई पनि प्रतिष्ठानले विशेष ध्यान दिन आवश्यक छ ।’ प्रशिक्षण मार्फत संगठनको हित र उन्नतिका लागि प्रतिष्ठानबाट हुने गृहकार्यमा प्रहरी प्रधान कार्यालयको सदैव रचनात्मक सहयोग रहने बताउनुभयो ।

खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा गौरवमय नतिजा प्राप्त गर्दै प्रतिष्ठानले नेपाली खेलकुदमा पुर्या।एको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले आगामी दिनमा खेलकुदको क्षेत्रमा नेपाल प्रहरीका खेलाडीहरुले अझ ठूलो स्थान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तित्व उक्त प्रतिष्ठानका पूर्व समादेशक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक बलेन्द्र बहादुर सिंहले अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले कार्य सम्पादनको क्रममा पूर्व प्रहरी कर्मचारीहरुसँग सम्बन्ध स्थापित गरी अघि बढेमा अपराधको सूचना प्राप्त गर्न सहज हुने बताउनुभयो । नेपाल प्रहरी राज्य व्यवस्थाको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गरी कानूनको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यले प्रतिष्ठानका गतिविधिहरुबारे जानकारी गराउनुभएको उक्त समारोहमा सोही प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकहरु, पूर्व निर्देशकहरु, पूर्व समादेशकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न प्रशिक्षण संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु तथा आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो ।