• गृहपृष्ठ
  • पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा , डिजोन ६-१ ले पराजित

पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा , डिजोन ६-१ ले पराजित

Feb 13th, 2020

काठमाडौं,फागुन १

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा पीएसजीले घरेलु टोली डिजोनलाई ६-१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले दुई गोल र केलियन एमबाप्पे र थियागो सिल्भाले समान एक एक गोल गरे । पीएसजीले दुई गोल भने आत्मघाती गोलबाट उपहार पाएको थियो । डिजोनकोलागि मुनिर चोउएरले एक गोल गरे ।

बुधबार राति भएको खेलमा पिएसजीले आत्मघाती गोलबाट अग्रता पाएको थियो ।  पहिलो मिनेटमा नै पीएसजी वेस्ले लाउटो को आत्मघाती गोलबाट अघि बढेको हो । डिजोनका
 मुनिर चोउएरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ४४ औं मिनेटमा
केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ गोलकाे अग्रता दिलाए ।

यस्तै खेलको ५०औं सिल्भाले र ५५औं मिनेटमा सराबियाले गोल गरेपछि पीएसजीले ४–१ गोलको अग्रता बनायो । ८६औं मिनेटमा सिनोउ कौलीबालीले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ५–१ को अग्रता बनायो । साराबियाले ईन्जुरी समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।