नेप्से चार दमसलव छ अंकले बढ्यो

Feb 12th, 2020

काठमाडौ, माघ २९

आज बुधबार नेप्से चार दसमलव छ अंकले बढेर १३ सय ४५ दसमलव ९७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १९ अंकले बढेर दुुई सय ८५ दसमलव ५६ अंकमा पुुगेको छ । एक सय ७३ वटा कम्पनीहरुको १५ हजार एक सय ९९ वटा कारोवारमा ३९ लाख ८६ हजार सात सय ६९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५० करोड ९७ लाख ८४ हजार तीन सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ९८ अंकले घटेर ११ सय ५३ दसमलव ७१ अंकमा पुगेको छ । बिकास बैंक र जलबिद्युुत समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नागरिक लगानी कोष परेको छ ।