• गृहपृष्ठ
  • नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीद्धारा निगम अध्यक्षको पदभार ग्रहण

नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीद्धारा निगम अध्यक्षको पदभार ग्रहण

Feb 12th, 2020

काठमाडौ, माघ २९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको पदभार ग्रहण गरे । उक्त अवसरमा आयोजित समारोहमा उनले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने उल्लेख गरे ।

उनले व्यवस्थापन सामुहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै विश्व का कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउनु पर्ने सल्लाह दिए । विश्वमा पर्यटन व्यवसाय तीब्र प्रतिस्पर्धामा गएकोले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनु पर्ने बताए । उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्वन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र क्ुनै बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने विश्वास दिलाए ।

नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेर विचार पनि सरकारले नै गरिरहेको छ तापनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने उनको भनाइ थियो । मोडेल परिवर्तनको सन्दर्भमा रणनीतिक साझेदारीमा जाने वा ऐन परिवर्तन गरेर कम्पनीमा रुपान्तरण गर्ने बारे सोच्न समेत निगम व्यवस्थापनलाई सुझाव दिए । उनले निगममा पनि प्रशासनिक सुधार आवश्यक रहेको र सुधारको विश्वस्तताको आधारमा लगानीकर्ताले लगानी गर्ने भएकाले त्यसतर्फ ध्यान पु¥याउन आग्रह गरे ।

निगमका निमित्त महाप्रवन्धक गणेश बहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकोले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उनको कार्यकालको सफलताको कामना गरे । उक्त अवसरमा विभिन्न विभागका निर्देशकहरुले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराए ।