आज पनि सुनको मूल्यमा सामान्य गिरावट

Feb 12th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २९ माघ

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ७५ हजार ७००  मा झरेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु  ७६ हजार ९०० मा कारोबार भएको थियो । महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ४०० तोकेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला रु  ७५ हजार ६०० मा कारोबार भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । आज  महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५  तोकेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु रु ८८० मा कारोबार भएको थियो