• गृहपृष्ठ
  • गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख रुपैंया प्रदान

गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख रुपैंया प्रदान

Feb 12th, 2020

काठमाडौ, माघ २९

गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुुन ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षण विहिन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षतिपुगेको थियो । भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवन दुईतलाको ढलान सम्पन्न भैसकेको छ ।

गोरखामा जन्मिएर राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।