• गृहपृष्ठ
  • शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दीद्वारा पुलिस क्लब पराजित

शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दीद्वारा पुलिस क्लब पराजित

Feb 12th, 2020

काठमाडौँ, २९ माघ (रासस)

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङका लागि विमल राना र अञ्जन विष्टले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३२औँ मिनेटमा विमलले पहिलो गल गरे । उनले आदित्य चौधरीले दिएको पासमा गोल गरेका थिए । खेलको ४३औँ मिनेटमा अञ्जनले गोल गरेका थिए ।

उनले निशान लिम्बुको पासमा गोल गरेका हुन् । खेलको ९०औँ मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाए पछि पुलिस क्लब १० खेलाडीमा सीमित भएको थियो । खेलको म्यान अफ दी म्याच मनाङका गोलकिपर दिप कार्की घोषित भए । मनाङ लिगको तेस्रो स्थानमा तथा पुलिस क्लब छैटौँ स्थानमा उक्लेको छ ।