• गृहपृष्ठ
  • डेल्टिन समूह काठमाडौमा , नेपालमा रहेको म्यारिएट होटलबाट शुरु ग¥यो आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्यासिनो

डेल्टिन समूह काठमाडौमा , नेपालमा रहेको म्यारिएट होटलबाट शुरु ग¥यो आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्यासिनो

Feb 11th, 2020

काठमाडौ,माघ २८

डेल्टिन समूह भारतको एक विशालएवं सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि तीव्र गतिमा विस्तार हुँदै आइरहेको छ । यो समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ नक्साल, काठमाडौं स्थित होटल म्यारिएटबाट गरेको छ । जसको उद्घाटन हालसालै माघ २५ गते शनिबार गरिएको थियो । यो नयाँ परियोजना कम्पनीले एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि.सँग गरेको सम्झौताको प्रतिफल हो ।

समूहले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै संचालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो–पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ । साथै पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहनेछ ।

क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतारुवरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको थियो । यो क्यासिनो संचालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको छ ।

क्यासिनो शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै डेल्टिन समूहका अध्यक्ष तथा सिइओ अनिल मलानीले भने “हामी विश्वास गर्दछौं कि नैतिकता र अनुपालन हाम्रो व्यवसायको एक अभिन्न हिस्सा हो र यसैले हामी म्यारिएट होटलका संचालक एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि. सँग हातेमालो गर्न पाउँदा हर्षित भएका छौं । हामीदुवै कम्पनीहरु उही समान मूल्य र मान्यताका साथ सेवा व्यवसायमा उत्कृष्टता र व्यावसायिकता प्रदान गर्न कटिबद्ध छौं । हाम्रो समान अवधारणा र मूल्यमान्यताको कारण नेपालमा हाम्रो व्यवसाय सुरक्षित पक्षसँग रहेको पुष्टि गर्दछ ।”