१७ अंकले बढ्यो नेप्से

Feb 11th, 2020

काठमाडौ, माघ २८

नेप्से आज मंगलबार १७ दसमलव ११ अंकले बढेर १३ सय ४१ दसमलव ३८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७५ अंकले बढेर दुुई सय ८५ दसमलव ३७ अंकमा पुगेको छ । एक सय ७५ वटा कम्पनीहरुको १५ हजार दुुई सय ३२ वटा कारोवारमा ३९ लाख ९६ हजार आठ सय ७७ सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५३ करोड २२ लाख ५० हजार चार सय ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ४८ अंकले बढेर ११ सय ५६ दसमलव ६९ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक १८ दसमलव ६४ अंकले बढेर १८ सय ३६ दसमलव ६७ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कालिका पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम सिमेन्ट परेको छ ।