• गृहपृष्ठ
  • सहकारी स्वायत्तता र स्वतन्त्रता नामक पुस्तक विमोचन

सहकारी स्वायत्तता र स्वतन्त्रता नामक पुस्तक विमोचन

Feb 11th, 2020

काठमाडौ, माघ २८

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालद्वारा लिखित सहकारी स्वायत्तता र स्वतन्त्रता नाम पुस्तकको २०७६ माघ २८ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालल विमोचन गर्नुभएको छ । स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएकाले यस विषयमा विश्वका सहकारी अभियानको अभ्यास र सहकारी विज्ञ् अर्थविज्ञहरुको महत्वपूर्ण विचारसमेत समेटेर सो पुस्तक तयार पारीएको अध्यक्ष बडालले बताउनुभयो ।

महासंघले आयोजना गरेको सहकारीमार्फत उद्यमशिलता विकास कार्यशाला गोष्ठीको अवसरमा बडालको १५ औं कृतिका रुपमा सो पुस्तक विमोचन गरिएको हो । पुस्तकको विषयमा टिप्पणी गर्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्ररेलले पुस्तक सहकारीकर्मीका लागि निकै उपयोगी रहेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले खेल्नुपर्ने भुमिका र समृद्ध मुलुक निर्माणमा सहकारीले कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा पुस्तकमा विभिन्न देशको उदाहरण समेत रहेको उहाँले बताउनुभयो । उहाँले पुस्तक सहकारीकर्मीले एक पटक पढ्नैपर्ने दावी गर्नुभएको छ । पुस्तकको मुल्य ३ सय ५० राखिएको छ । विमोचनको अवसरमा ५० रुपैयाँ छुटको व्यवस्था गरिएको बताइएको छ ।