• गृहपृष्ठ
  • जमिनको व्यवस्थापन गरेर मात्र कृषिमा फड्को मार्न सकिन्छ : मन्त्री अर्याल

जमिनको व्यवस्थापन गरेर मात्र कृषिमा फड्को मार्न सकिन्छ : मन्त्री अर्याल

Feb 11th, 2020

काठमाडौ, माघ २८

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषि उत्पादन बृद्धि गर्न र व्यवसायीकीकरण गर्नका लागि सहकारी महत्वपूर्ण संयन्त्र भएको बताउनुभएको छ । उहाँले जमिनको व्यवस्थित सुधार नगरी कृषिले फड्को मार्न नसक्ने जिकिर गर्दै भन्नुभयो,‘जमिनको एकिकरण गरेर ठूलो स्केलमा उत्पादन गर्नका लागि सदस्यहरुको जमिन एकिकरण गरेर सहकारीले काम गर्न सक्छ ।’

राष्ट्रिय सहकारी महासंघको आयोजनमा सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीको सोमबार उद्घाटन गर्दै उहाँले भन्ुनभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि धेरैभन्दा धेरै मानिसलाई उत्पादनमा जोड्नुपर्ने भएकाले सहकारीले यो कार्य गर्नुपर्दछ । सहकारी अब प्रवद्र्धनको चरणबाट व्यसायीक चरणमा प्रवेश गरिसकेको छ ।’ उहाँले घरेलु तथा साना उद्योगको विकास र विस्तारमा सहकारी लाग्नुपर्ने बताउनुभयो । ‘हिजो हामी घरेलु उद्योगलाई हेला ग¥यौं । अब त्यसलाई नै उजागर गरेर धेरै मानिसलाई उद्यमी बनाउने रोजगारी सिर्जन ागर्ने कार्यलाई बढवा दिनुपर्छ । यसमा सरकार सकारात्मक छ ।’ उहाँले सहकारी ऐन २०७४ संशोधनका लागि तयारी भएको भए पनि बचत तथा ऋणको कारोबार गर्ने संस्थाका लागि छुट्टै कानुन आवश्यकता महसुस गरिएपछि केहि समय रोकिएको बताउनुभयो । उहाँले छिट्टै ऐन संसोधनको विषय संसद्मा लगिने समेत बताउनुभयो ।

सो कार्यक्रममा पूर्व मन्त्री तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी ऐन २०७४ र सहकारीलाई उद्योग व्यवसायमा जानका लागि बाधा गरेका अन्य ४७ वटा ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको औल्याउनुभयो । सहकारी बचत तथा ऋणमा केन्द्रित हुनुमा शिक्षा, स्वास्थ्य, विमा, हाइड्रोलगायतका क्षेत्रमा जानका लागि सहकारीलाई बाधा सिर्जना भएको भएको गोष्ठीमा सहभागीहरुले कुरा उठाएका छन् । राज्यले सहकारीलाई अप्ठ्यारो परेका कानुनी अड्चन फुकाइदिएर उद्यमशिलता विकासमा प्रोत्साहन गरेको खण्डमा सहकारीले आयात प्रतिस्पर्धापन गर्ने र रोजगारी सिजर्ना गर्ने ७७ जिल्लाबाट भेला भएका सहकारीकर्मीले अठोट गरेका छन् । महासंघले सहकारीमार्फत उद्यमी बनाउनका लागि विगत केहि बर्षदेखि नियमित रुपमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले अहिलेको पुस्ता उद्यमी नबनी भावी पुस्ता उद्यमी बन्न नसक्ने बताउँदै समृद्ध मुलुक उद्यमशिलताको सहकारीले जोड दिन थालेको बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले नेतृत्वमा बसेकाले फराकिलो सोच राखेर अगाडि बढ्न सकेको खण्डमा सहकारी क्षेत्रले नमुना कार्य गर्न सक्ने बताउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानमार्फत उद्यमशीलता बृद्धि गरी सहकारीको योगदान बृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

‘सहकारीमार्फत उद्योग संचालन गर्न के कस्ता कठिनाइ छन् । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भने यहाँ निस्कर्ष निकालिे ।’ उहाँले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले समृद्ध मुलुक निर्माणका लागि सहकारीमार्फत जनतालाई उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वित्तिय संघियताका विश्लेषक डा खिमलाल देवकोटाले सहकारीमार्फत उद्यमशिलता विकासका लागि सरकारका विभिन्न निकायको भूमिको विषयमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा युवा स्वरोजगार सिर्जनाः नविन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वरिष्ठ राजयोग ध्यान प्रशिक्षक विजयराज शर्मा सिग्देलले व्यवसायिक सफलताको लागि तनाव व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

माघ २९ गते महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले सहकारीमा उद्यमशिलता विकास र संस्थागत सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्नु हुने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले बताउनुभयो ।