neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधार : मन्त्री अर्याल

कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधार : मन्त्री अर्याल

Feb 11th, 2020

काठमाडौं, माघ २८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताउनुभएको छ । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ुसहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशालाु कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले जबसम्म भूमिको व्यवस्थित वैज्ञानिक सुधार गरिदैन । तबसम्म हामीले कृषिमा फड्को मार्न नसक्ने बताउनुभयो । ुकृषिको व्यवसायिकिकरण र यान्त्रिकिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छु, मन्त्री अर्यालले भन्नुभयो । यसका निम्ती महत्वपुर्ण कुनै क्षेत्र छ भने त्यो सहकारी क्षेत्र नै भएको उहाँको भनाइ थियो ।

अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताउनुभयो । यसलाई स्थापित गरेर छाड्ने मन्त्री अर्यालले उद्घोष गर्नुभयो ।

सहकारी क्षेत्रलाई अर्थतन्त्र निर्माणका निम्ती अगाडी बढाउन आवश्यक रहेको मन्त्री अर्यालले बताउनुभयो । भूमिको सुधार गर्ने कुरा ठूलो विषय भएको भन्दै उहाँले तर त्यो विषय त्यति सजिलो नभएको बताउनुभयो । नीजि सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको नीजि सम्पत्ति उलटपुलट पार्न नसक्ने बताउनुभयो । व्यक्तिको नीजि सम्पत्तिको रक्षा गर्ने दायित्व राज्यको हुनेछ भनेर संविधानमा लेखेको भन्दै उहाँले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यको नभएको उहाँले बताउनुभयो ।

चरम पूँजि जम्मा नगरिकन समाजवादमा जानै नसकिने भन्दै मन्त्री अर्यालले समाजवादमा पुग्नका निम्ती अधिकतम पूँजिको विकास, अधिकतम रोजगारीको सिर्जना र अधिकतम उत्पादनमा बृद्धि पहिलो शर्त भएको बताउनुभयो ।

हिजोका दिनमा छाडेका साना उद्योगहरुको विकास तथा विस्तार गर्ने कुरामा जानुपर्ने भन्दै उहाँले त्यसमा कसरी सहकारीलाई जोड्ने भन्ने कुरामा ध्यान दिन जरुरी भएको बताउनुभयो । भएका उद्योगहरूलाई आधुनिकीकरण गर्ने प्रश्न पनि तपाइहरूको ठाउँमा छलफल गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । मन्त्री अर्यालले भन्नुभयो, ुनिर्वाहमुखी कृषि प्रणालीमा आश्रित भएका जनशक्तिलाई हामीले यान्त्रिकिकरणमार्फत निर्वाहमूखिबाट सम्पन्न बनाउने ठाउँमा कसरी लैजान सक्छौ ? कृषिको विकास र यान्त्रिकिकरणको प्रयोगमार्फत अगाडी जाने ।

सामाजिक रुपान्तरण सहितको समाजवाद भनेको भन्दै उहाँले जुन समाजका निम्ती अत्यावश्यक रहेको बताउनुभयो । आर्थिक विकास मात्र भएर नहुने भन्दै उहाँले सामाजिक न्याय सहितको आर्थिक विकास स्थापित गर्ने अबको अभिभारा भएको उहाँको भनाई थियो ।

उत्पादक शक्ति र राष्ट्रिय पूँजिको विकास गर्ने कुरा आजको महत्वपुर्ण एजेण्डा भएको भन्दै मन्त्री अर्यालले त्यसको बाधक तत्व के हुन् र त्यसको पहिचान गरेर त्यसको समाधान कसरी गर्ने भन्ने महत्वपुर्ण विषय भएको बताउनुभयो । ुबाधक तत्वको रुपमा रहेको दलाल पुँजिवाद र एकाधिकार पूँजिवादको अन्त्य नगरिकन राष्ट्रिय उत्पादन र राष्ट्रिय पुँजिको विकास गर्न सकिदैनु, मन्त्री अर्यालले भन्नुभयो, ुविचारमा स्पष्ट, दिशामा स्पष्ट र कार्यक्रमिक एकरुपताका साथ अगाडी बढेमा हामीले चाहेका कुरा प्राप्त गर्न सक्छौ ।

तिन वटा खम्बामध्येको एउटा खम्बा सहकारी भन्ने गायत्री मन्त्र नभएको भन्दै मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणको एउटा खम्बा सहकारी भन्ने कुरा गायत्री मन्त्र जपाइ नभएको बताउनुभयो । कानुनी बाधा हटाउने कुरामा अब गतिविधि केन्द्रित भएर छलफल गर्नुभयो ।