सुनको मूल्यमा सामान्य गिरावट

Feb 11th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २८ माघ

सोमबार स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ७५ हजार ९००  मा झरेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु  ७६ हजार  मा कारोबार भएको थियो । महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० तोकेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु  ७५ हजार ७०० मा कारोबार भएको थियो ।

महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ ।