• गृहपृष्ठ
  • नेहा कक्कड र कार्तिक कुशको गीतको भिडियोमा रिस्ता बस्नेत

नेहा कक्कड र कार्तिक कुशको गीतको भिडियोमा रिस्ता बस्नेत

Feb 11th, 2020

काठमाडौ, माघ २८

नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा उनले अभिनय गर्न लागेकी हुन । सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस सेयर गर्दै आफुलाई नेहाको गीतमा काम गर्न पाएकोमा खुसी लागेको बताएकी छन ।

रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्ने भएकी हुन । पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दै छन । भिडियोमा पुरुसोत्तम प्रधानको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ । भिडियोका निर्माता टिकुम शर्मा हुन ।