• गृहपृष्ठ
  • शहीद स्मारक लिग : सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै मछिन्द्र लिगको शीर्ष स्थानमा

शहीद स्मारक लिग : सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै मछिन्द्र लिगको शीर्ष स्थानमा

Feb 11th, 2020

काठमाडौँ, २८ माघ (रासस)

मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको तेस्रो खेलमा मछिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई र दीपक राईले गोल गर्नुभयो । सङ्कटाका लागि विदेशी खेलाडी मेसोउकेले सान्त्वना गोल गर्नुभयो । पहिलो हाफमा मछिन्द्रले एउटा मात्र गोल गरेको थियो । उक्त गोल खेलको ४४औँ मिनेटमा देवेन्द्रले गर्नुभएको हो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप दुई गोल ग¥यो । मछिन्द्रका लागि खेलको ६४औँ मिनेटमा विशालले फ्रिकिकमार्फत गोल गर्नुभएको हो । खेलको ८२औँ मिनेटमा दीपकले मछिन्द्रका लागि तेस्रो गोल गर्नुभयो ।

खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि मसोउकीले गोल गर्नुभएको थियो । खेलको म्यान अफ दी म्याच मछिन्द्रका देवेन्द्र घोषित हुनुभयो । जितसँगै मछिन्द्रले १२ खेलबाट २८ अङ्क जोडको छ । सङ्कटा १२ खेलमा १५ अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।