• गृहपृष्ठ
  • नेपाल वायुसेवा निगमले फागुन १९ गते देखि जापानको नारिता उडान गर्ने

नेपाल वायुसेवा निगमले फागुन १९ गते देखि जापानको नारिता उडान गर्ने

Feb 10th, 2020

काठमाडौ, माघ २७

नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारंभ गर्ने भएको छ । एयरबस वाइड्वडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह् ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु.३७ हजार र दुईतर्फी भाडा रु.७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने छन् । नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त हुनेछ ।