चार दसमलव २८ अंकले बढ्यो नेप्से

Feb 10th, 2020

काठमाडौ, माघ २७

नेप्से आज सोमबार चार दसमलव दुुई अंकले बढेर १३ सय २४ दसमलव २६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५७ अंकले बढेर दुई सय ८१ दसमलव ६२ अंकमा पुुगेको छ । एक सय ७५ वटा कम्पनीहरुको १० हजार नौ सय ७९ वटा कारोवारमा २३ लाख ६० हजार पाँच सय ८४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९३ करोड २० लाख ८६ हजार ५५ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ७९ अंकले बढेर ११ सय ४२ दसमलव २१ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पाँच दसमलव ९६ अंकले बढेर १८ सय १८ दसमलव तीन अंकमा पुुगेको छ । निर्जिवन बीमा, लघुुबित्त, टे«डिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, जीवन बीमा, फाईनान्स र लघुुबित्त समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिभिल लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट बंैकको संस्थापक सेयर परेको छ । आज बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।