• गृहपृष्ठ
  • असुसद्धारा जेनबुक प्रो डुओ र जेनबुक डुओका साथमा ‘भविश्यको ल्यापटप’ नेपालमा सार्वजनिक, उपलब्धता र मूल्य सहित

असुसद्धारा जेनबुक प्रो डुओ र जेनबुक डुओका साथमा ‘भविश्यको ल्यापटप’ नेपालमा सार्वजनिक, उपलब्धता र मूल्य सहित

Feb 10th, 2020

काठमाडौ, माघ २७

डुअल स्क्रीन ल्यापटपहरु नेपाली बजारमा

असुसले आफ्नो बहु प्रतिक्षित ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स ५८१) र जेनबुक डुओ (यूएक्स ४८१) नेपाली बजारमा लन्च गरेको छ । दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ । नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु, र मल्टिटास्किंग व्यवसायीहरुको पूर्णताका साथ शिल्प गरिएको असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उत्पादकत्व उजागर गर्न र अधिक क्षमताहरु हासिल गर्न अनुमति प्रदान गर्दछ ।

यसका अतिरिक्त डुअल स्क्रीन ल्यापटपहरुका साथमा असुसले अन्य नक्षत्रिय विशेषताहरु पनि ल्याउँछ । यसमा नयाँ स्क्रीनप्याड २.० को लन्च पनि समावेश छ, जेनबुक १४/१५ (यूएक्स ४३४/ यूएक्स ५३४ ) सहित ब्राण्डको ख्यातिसहित भविश्यको लागि विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिजहरु उपलब्ध छन् ।

‘दि ल्यापटप अफ टुमरो’ जेनबुक प्रो डुओ र जेनबुक डुओ

कसैको सम्पूर्ण सिर्जनात्मक शक्तिलाई उपयोग गर्नु त्यति सजिलो छैन्, जेनबुक प्रो डुओ र जेनबुक डुओले ल्यापटपहरुका लागि बनाउनुपर्ने नयाँ कारणहरु प्रस्तुत गरेको छ । यी दुबै ल्यापटपहरु इनपुटका लागि कीबोर्ड र सेकेण्डरी टचस्क्रीनसहित रहेका छन, ल्यापटपहरुले सिर्जनात्मकता र उत्पादकत्वलाई नयाँ उचाईमा पुर्याउनेछन् । कार्यक्षमतालाई उत्कृष्ट बनाउन जेनबुक प्रो डुओमा फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी डिस्प्लेका साथ कार्य गर्दछ । त्यसैगरि जेनबुक डुओमा भने फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस राखिएको छ जसले मुख्य १०८० पिक्सेल फूलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्दछ ।

स्क्रीनप्याड प्लसद्धारा पावर प्रदान गरिएको डुअल स्क्रीन

जेनबुक प्रो डुओमा असुस स्क्रीनप्याड प्लसको कार्यशैलीलाई उच्चतम र पर्सनलाइज गर्नका लागि फुल वाइड ४ के आसुस स्क्रीनप्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी एचडीआर टचस्क्रीन साथ कार्य गर्दछ । जेनबुक डुओ फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस का साथमा आउँछ, जसले मुख्य १०८० पिक्सेल फूलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्दछ ।

यसमा भएको बिल्ट इन एप्सले तपाईको उत्पादकत्वलाई प्रोत्साहन गर्दछ ।क्वीक कीले जटिल कीबोर्ड सिक्वेन्सहरुलाई एकै ट्यापमा सहज बनाउँछ, र हेन्डराईटिंगले तपाईँलाई टेक्स्टमा रुपान्तरण गर्न सहयोग गर्दछ । यहाँ एप स्वीचर, भ्यूम्याक्स र टास्क स्वाप जस्ता अन्य केहि उपयोगी क्वीक कन्ट्रोलहरु पनि छन्, जसले तपाईँको असुस जेनबुक प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लसको बिचमा अन्यतक्रिया गर्न सहयोग गर्दछ । टास्क ग्रुपले तपाईँलाई एउटै टचका साथमा विभिन्न टास्कहरु गर्न वर्क मोड उपलब्ध गराउँछ । र तपाईँले कुनैपन विण्डोज एप अथवा इन एप टूलबारलाई स्क्रीनप्याड प्लसमा ल्याउन सक्नुहुनेछ, जसले गर्दा मुख्य डिस्प्लेमा तपाईँलाई अधिक स्थान उपलब्ध गराउँछ ।

स्टनिंङ्ग डिस्प्ले

जेनबुक प्रो डुओमा साँच्चिकै रोमान्चक ४के यूएचडी नानोएज ओएलईडी एचडिआर डिस्प्ले राखिएको छ । यसको चारै कुनामा फ्रेमलेस डिजाइनका साथ अल्ट्रा स्लीम बेजेल्सहरु रहेका छन् । क्षमतासहितको ओएलईडी टचस्क्रीनले अल्ट्रा भिभिड कलरहरु र डिप ब्ल्याक्सहरु देखाउँछ, जहाँ सिनेमा ग्रेड १००प्रतिशत डिसीआई पी३ कलर गामुट र १००,०००ः१ कन्ट्रास रेसियो रहेको छ । निकै सानो बेजेल्सले स्क्रीन टू बडि रेसियोलाई करिब करिब बोर्डरलेस बनाउँदै ८९ प्रतिशत पुर्याएको छ, जसले अधिक स्क्रीन र अतिकम मात्र ध्यान हटाउँछ ।

जेनबुक डूओमा १०८०पी एफएचड नानोएज डिस्प्ले रहेको छ, जसको चारै कुनामा फ्रेमलेस डिजाइनसहित ९० प्रतिशतको स्क्रीन टू बडि रेसियो छ । यसको अतुलनिय मुख्य एलसिडी डिस्प्लेले प्यानटन भ्यालिडेसनका साथ १०० प्रतिशत एसआरजीबी दिन्छ ।

अतुलनिय प्रदर्शन

एकआपसमा जोडिएका डुअल स्क्रीनका साथमा असुसले शक्तिशाली कार्यक्षमतामा आफ्नो अवधारणात्मक ध्यानलगाएको छ । जेनबुक प्रो डुओमा इन्टेलको नवौं पुस्ताको इन्टेल कोर आई९ कोर प्रोसेसर छ भने जसमा गेमिंगका लागि एभिडिआ जीफोर्स आरटिएक्स २०६० ग्राफिक्स तथा ससक्त प्रकृतिको फास्ट स्टोरेज रहेको छ । यो अतिरिक्त शक्तिशाली संयोजनले जेनबुक प्रो डुओले यसको व्यवसायीक गुणस्तरीय कार्यहरुलाई सुनिश्चित गराउँछ, जस्तै मल्टिलेयर फोटो तथा भिडियो एडिटिङ्ग, थ्रीडी ग्राफिक्स रेण्डरिङ्ग अथवा गेम लाइभ स्ट्रीमिङ्ग। जेनबुक डुओमा भने पछिल्लो दशौं पुस्ताको इन्टेल कोर आई सेभेन १०५१०यू प्रोसेसर रहेको छ भने यसमा एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफीक्स र निकै तिब्रगतिको स्टोरेज रहेको छ ।

फास्ट कनेक्टिभिटी

जेनबुक प्रो डुओले पछिल्लो थण्डरबोल्ट ३ यूएसबी टाइप सी पोर्टका साथमा डोङ्गलफ्री कनेक्टिभिटी उपलब्ध गराउँछ । गीग प्लसका साथमा पछिल्लो इन्टेल वाईफाई ६ले वायरलेस स्पीडलाई नयाँ उचाईमा पुर्याउँछ । जेनबुक डुओ कनेक्टिभिटीको मामलामा कुनै सम्झौतागर्न चाहँदैन्, त्यसैले गसमा दुईवटा यूएसबी ३.१ जेनेरेशन २ वटा यूएसबी टाइप सी पोर्टहरु छन । जसले ४ के डिप्लेलाई १० जीबीपिएससम्मको डाटा ट्रान्सफर स्पीड उपलब्ध गराउँछ ।

एसेसरिज

जेनबुक प्रो डुओका साथमा एउटा स्टायलस आउँछ भने उत्कृष्टरुपमा हेर्नको लागि ल्यापटप स्ट्याण्ड उपलब्ध हुनेछ । जेनबुक डुओमा पनि एउटा स्टायलस उपलब्ध हुनेछ भने ल्यापटप स्ट्याण्ड आउनेछ ।

स्क्रीनप्याड २.० का साथमा विश्वकै सबैभन्दा कम्प्याक्ट सिरिज जेनबुक १३ (यूएक्स ३३४ ),जेनबुक १४ (यूएक्स ४३४ ), जेनबुक १५ ( यूएक्स ५३४)

टेन्थ जेनेरेशनको (यूएसक्स ३३४) माइक्रोसफ्ट अफिस एच एण्ड एसका साथमा आउँछ जसले उच्च कार्यदक्षता प्रदर्शन गर्दछ । जेनबुक १३ मा ८ औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफिक्स, १६जीबी र्याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेकोछ ।

नयाँ असुस जेनबुक १ ४(यूएक्स ४३४) र जेनबुक १५ (यूएस ५३४) ले भने नयाँ समयको पातलो, हलुका र कम्प्याक्ट ल्यापटपहरुको प्रतिबिम्ब झल्काउँछ । जसमा चारै कुनामा फ्रेमलेस ननोएज डिस्प्ले छ जसले अल्ट्रास्लिम बेजेल्स प्रदान गर्दछ । यसले गर्दा स्क्रीन टू बडि रेसियो ९५ प्रतिशतसम्म रहेको छ र करिब करिब यो बोर्डररहित भ्यूइङ्ग अनुभव दिन्छ ।

डुअल स्क्रीनको निरन्तरताका साथमा नयाँ स्क्रीनप्याड २.० जेनबुक १३१४१५ मा उपलब्ध रहेको छ, जसले परम्परागत ल्यापटपको अनुभवबाट माथि उठ्दै इन्टरर्याक्टिभ सेकेण्डरी स्क्रीनमा अपग्रेड गरेको छ । दुबै १० औं पुस्ताका ल्यापटपहरु माइक्रोसफ्ट एच एण्ड एसका साथमा उपलब्ध रहेको छ । पछिल्लो सिरिजहरुमा सबैभन्दा नयाँ १० औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स जीटिएक्स १६५० म्याक्स क्यू ग्राफीक्स (जेनबुक १५) अथवा जीफोर्स एमएक्स२५०(जेनबुक १३ र १४) १६ जीबी र्याम, अल्ट्रा फास्ट १ टिबीको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेकोछ ।

यी सबै नयाँ जेनबुक मोडलहरु मिलिटरी ग्रेड स्ट्याण्डर्डको कायम गर्न कडा परीक्षण गरिएका छन् ।

उपलब्धता र मूल्य

असुसको बारेमा

असुस बहुराष्ट्रिय कम्पनी हो जो विश्वको उत्कृष्ट मदरबोर्ड, पर्सनल कम्प्युटर, मनिटर, ग्राफीक्स कार्डहरु र राउटरका लागि चिरपरिचित छ । र यो धेरै प्रशंसित आविश्कारीक प्रमुख टेक्नोलोजी इन्टरप्राइज हो । असुसका विश्वभर ५ हजार भन्दा बढि अनुसन्धान तथा विकासमा आबद्ध अनुसन्धानकर्मीहरुका साथमा असुसले कटिंग एज डिजाइन र आविश्कारीक निर्माणमार्फत यो उद्योगमा नै नेतृत्व प्रदान गर्दछ । यसका सिर्जनाहरु सबैको स्मार्ट जीवनको लागि सबैभन्दा सर्वव्यापी, बुद्धिमान, र रमाईला छन् । असुसले सन् २०१८ मा ११ वटा प्रतिष्ठित अवार्डहरु जितेको थियोभने फोब्र्सको ग्लोबल २००० टप मध्येमा परेको थियो । यसका साथै थोमस रोयर्टस टप १०० ग्लोबल टेक लिडर्स र फच्र्यूनको वल्र्डस मस्ट एडमायर्ड कम्पनीजमा समावेश भएको थियो ।