• गृहपृष्ठ
  • अध्यक्ष तिमिल्सिना र क्यानडाको सिनेटका सभामुखबीच भेट

अध्यक्ष तिमिल्सिना र क्यानडाको सिनेटका सभामुखबीच भेट

Feb 10th, 2020

काठमाडौं, माघ २७

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टचार भेटवार्ता भएको छ । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारमा उहाँसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा नेपाल र क्या्नडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्या उने बताउनुभयो ।
’दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,’ उहाँले भन्नुभयो, ’म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ । उहाँले दुवै देशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्नुभयो । संसद मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्,’ उहाँले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थिरताको अन्त्य गरी आर्थिक विकास र समृद्धि हासिल केन्द्रित रहेको बताउनुभयो । ’हामीले सन् द्दण्घण् सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नकति हुने लक्ष्य लिएका छौँ,’ उहाले भन्नुभयो, ’सरकारको प्राथमिकता कृषिको अधुनिकीकरण, जलविद्युत, पूर्वाधार विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई मूर्तरुप दिने र यी सबैको लागि मानव संसाधन विकास गर्ने रहेको छ । सो क्रममा उहाँले नेपालका यी प्रथामिकता र उद्देश्यमा क्यानडालगायत अन्तर्रा्ष्ट्रिलय समुदायको साथ र सहयोगको हामीले अपेक्षा गरेको बताउनुभयो ।
भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताउनुभयो ।

उहाँले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसका चुनौती बारे क्यानडा जानकार रहेको बताउनुभो । क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ’नेपालले पर्यटनलाई उच्च प्रथामिकता दिएको छ,’ उहाँले भन्नुभयो, ’पर्यटनसँगै जलविद्युत, वायुउर्जा र सौर्य उर्जा विकासमा हाम्रो तर्फबाट सहयोग हुन्छ । सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार राष्ट्रिय सभा बैठकको अवलोकन तथा नेपाल(क्यानडा संसदीय मैत्री समूहबीच अन्तर्क्िरया गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गरी स्वदेश फर्कनेछ ।