सुनको मूल्य स्थिर

Feb 10th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २७ माघ

साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० तोकेको छ ।

महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । शुक्रबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।