डिस होममा डिलर दाईको डिस्काउन्ट अफर

Feb 10th, 2020

काठमाडौ, माघ २७

डिस होममा डिलर दाईको डिस्काउन्ट अफर नामक योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त अफर ल्याएको हो । यो अफर अन्र्तगत डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गरे बापत एया्ड अन प्याकेज सहित साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ । यस अन्र्तगत हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नु हुनेछ ।

साप्ताहिक लक्की ड्र कार्यक्रम २०७६ माघ २७ गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागु हुनेछ । साप्ताहिक लक्की ड्र २०७६ फागुन २ गतेबाट डिश होमको शो केश च्यानल नम्वर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्र मा समाबेश गरिने छ ।

फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र साप्ताहिक लक्की ड्र मा समावेश गरिनेछ । समावेश हुनु भएकाग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेकाजुनसुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन ।