१३ दसमलव सात अंकले घट्यो नेप्से

Feb 9th, 2020

काठमाडौ, माघ २६

नेप्से आज आईतबार १३ दसमलव सात अंकले घटेर १३ सय १९ दसमलव ९९ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन अंकले घटेर दुुई सय ८१ दसमलव चार अंकमा पुुगेको छ । सय ७३ कम्पनीहरुको ११ हजार सात सय २६ वटा कारोवारमा २५ लाख ५० हजार दुई सय ६६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९५ करोड चार लाख दुुई हजार पाँच सय ८४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ३९ अंकले घटेर ११ सय ४१ दसमलव ४२ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक १९ दसमलव १४ अंक्ले घटेर १८ सय १२ दसमलव सात अंकमा पुगेको छ । जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेको इन्स्योरेन्स कम्पनी परेको छ ।