साताको पहिलो दिन बढ्यो सुनको मूल्य

Feb 9th, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, २६ माघ

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ । शुक्रबार तोलामा ७५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको
छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० तोकेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० मा कारोबार भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य भने प्रतितोला रु ५ ले घटेको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । शुक्रबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।