• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबिच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबिच सम्झौता

Feb 9th, 2020

काठमाडौ, माघ २६

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा, रुपन्देहींस्थित मौर्या होटेबिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल प्रा.लि.ब्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेकाछन ।